मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
मंसिर २१, २०७७, आइतबार | दिउँसो ०१:०३ बजे | 15
मोटरसाइल चोरी गरी भाग्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने बर्ष १९ को संगित तामाङ र दोलखा सैलुङ गाउपालिका २ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने बर्ष १९ को सलिन तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
मध्यरातीको समयमा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प. ७६७७ नं.को २२० सि.सि. को पल्सर मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले बताए ।
प्रहरी टोलीले विहान ०९ः३० बजेको समयमा कौशलटारबाट उक्त नम्बरको मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ । सोहि दिन मोटरसाइलक धनी जिल्ला सिन्धुपाल्चोक बलेफी घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३० को सागर तामाङको जाहेरीले चोरीको कसुर अनुसार थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीले जनाएको छ ।