भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ
कार्तिक ५, २०८१, सोमबार | दिउँसो ०३:१५ बजे | 65
भक्तपुर — भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ परेका छन् ।
प्रहरीले मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीमा औषधि पसल सञ्चालकहरू सिरहाको नरह गाउँपालिका-२ का ३० वर्षीय रोहित सिंह र दाङको घोराही उपमहानगरपालिका-१५ का २२ वर्षीय बलिराम खड्कालाई पक्राउ गरेको छ ।
औषधि पसलबाट लागुऔषधको कारोबार भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
उनका अनुसार उनीहरूको पसलबाट ट्यापेन्टाडोल १३० ट्याब्लेट र ट्यापेन्टाडोल १०० एमजी ५५ वटा ट्याब्लेट नियन्त्रणमा लिएको छ ।