भक्तपुरका दुई वटा सहकारी संस्थाहरु कारबाहीमा (नामसमेत)
कार्तिक ३, २०८१, शनिबार | विहान ०४:४४ बजे | 60
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई जरिवाना तोकी हालसम्म फरार रहेका ४ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा बुझाइएको र २ वटा सहकारी संघ संस्थालाई फैसलाबाट असुल हुन बाँकी जरिवाना समेत जिल्ला अदालत भक्तपुरमा बुझाएको जनाएको छ ।
निम्न प्रतिवादीहरुः–
१. भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ९ बस्ने विक्रम कासिछवा । (चेक अनादर)
२. भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने न्हुच्छे भक्त कुसमा । (किर्ते जालसाझी)
३. भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बस्ने ज्वालामान प्रधान । (चेक अनादर)
४. भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बस्ने जुलिना प्रधान । (चेक अनादर)
निम्न सहकारी संघ सस्थाहरुः–
१. भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ स्थितमा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्था । (चेक अनादर)
२. भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० स्थितमा रहेको केदारनाथ ऋण सहकारी संस्था । (लेनदेन)