माईक्रोबसमा पकेटमारी गरी भाग्ने व्यक्तिहरु नियन्त्रणमा
मंसिर १८, २०७७, बिहीबार | दिउँसो ०१:२० बजे | 10
भक्तपुर । माईक्रोबसमा पकेटमारी गरी भाग्ने दुई जना व्यक्तिहरुलाई विहिवार भक्तपुर प्रहरीले पक्राउ गरेको छ। मोरङ् डाँगीहाट गा.वि.स. वडा नं. ०७ स्थाई घर भई हाल काठमाण्डौ तिलगंगा बस्ने वर्ष २८ को बिकास राजबंशी र सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर ८ खाँडिचौर बस्ने वर्ष २७ को सन्तोष लामालाई प्रक्राउ गरेको हो।
अन्दाजी १०ः३० बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरस्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क काठमाण्डौ जाने क्रममा नगद पचाँस हजार पकेटमारीलाई पक्राउ परेको महानगरीय प्रहरी पसिसर भक्तपुरले जनाएको छ। महानगरीय प्रहरी परिसर, भक्तपुर कन्ट्रोलको १०० नम्बरमा गठ्ठाघर बस्ने बर्ष २९ को यमनाथ पौडेलले जानकारी दिन साथ निजले दिएको सूचनाको आधारमा पकेटमारी गर्ने व्यक्तिहरुलाई खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको परिसरका सुचना अधिकृत दिपक गिरीले बताए।
प्रहरी नायव.निरिक्षक प्रकाश बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले कौशलटार बस स्टपबाट नियन्त्रणमा लिई खानतलासी गर्दा पकेटमारी भएको रकम पचाँस हजार सन्तोष लामाको साथबाट बरामद भएको र उल्लेखित दुवैजना मिली पकेट मारेको सोधपुछको क्रममा एकिन भएको हुँदा निजहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई चोरीको कसुर अनुसार थप अनुसन्धान तथा कारवाही भईरहेको जनाएको छ।