राज्यले गरेको दादागिरीको डटेर सामना गर्न रविको आह्वान
कार्तिक २, २०८१, शुक्रबार | दिउँसो ०१:१५ बजे | 40
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पक्राउ गरेका छन् । उनलाई पार्टी केन्द्रिय कार्यालयबाट शुक्रबार साँंझ पक्राउ गरिएको हो । उनलाई करिव सात बजे पक्राउ गरी स्थलमार्ग हुँंदै पोखरा लगिंदैछ ।
पक्राउ पर्नुअघि उनले केही मिनेट भाषण दिएका थिए । भाषणमा उनले राज्यले गरेको दादागिरीको डटेर सामाना गर्न जनतासमक्ष आह्वान गरेका छन् । उनले राज्यले भएभरको सवै शक्ति लगाएर पक्राउ गर्न लगाइएको आरोप लगाए । उनको पक्राउको बेला पार्टी कार्यालयमा भेला भएका समर्थकहरुले केपी चोर देश छोड भन्दै नारा लगाएर आक्रोश पोखेका थिए ।