राधेराधे स्रोत नखुलेको नगद रकम सहित पक्राउ
कार्तिक १, २०८१, बिहीबार | दिउँसो १२:३१ बजे | 45
भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे स्थितमा अबैध रुपमा श्रोत नखुलेको नेपाली रुपैँया मानिसहरुले लिने दिने कार्य गरी रहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गजुरा नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका वडा नं. ७ रातोपुल बस्ने वर्ष ३७ को शशीकान्त चौलागाईले पछाडी बोकेको भिर्ने झोला भित्र श्रोत नखुलेको नगद रु. ८,५०,०००।– (आठ लाख पचास हजार), विभिन्न बैंकको ATM र अन्य सामानहरु सहित फेला परेकोले बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात मिति २०८१/०७/०१ गते मुलुकी अपराध संहिता २०७४ को दफा १२५क हुण्डी सम्बन्धी कारोवार गर्न नहुने सम्बन्धी कसुरमा सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८१/०६/३० गतेदेखी लागु हुने गरी दिन ५ (पाँच) म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको ।
१००० दरको नोट ८०० वटा गरी रु. ८,००,०००।-
५०० दरको नोट १०० वटा गरी रु.
५०,०००।-
जम्मा
नगद रु. ८५०,०००।– ( आठ लाख पचास हजार )
मेघा बैंक, नेपाल बङ्गलादेश बैंक, NIC ASIA बैंक, माछापुच्छे बैंक र हिमालयन बैंक सहितको ATM कार्ड
– ५ थान,
Flying
Surya International लेखेको कार्ड - १ थान,
पत्रकार परिचय पत्र - १ थान,
ना. ५२ प. ४९१४ नम्बरको यमाहा एफ जेट मोटरसाईकलको
विलबुक - १ थान,
I-phone 16 pro max मोबाईल - १ थान,
राहदानी – १ थान,
Lenevo
कम्पनीको चार्जर सहितको ल्यापटप - १ थान,
विभिन्न रजिष्ट्रर र डायरी - ७ थान,
एभरेष्ट बैंक लि.को
चेक - २ थान,
दुर्गा ज्वायलर्सको विल - १ थान