हतियार बोकी हिड्ने एकजना पक्राउ
असोज २८, २०८१, सोमबार | दिउँसो ०३:२९ बजे | 15
भक्तपुर । भक्तपुर प्रहरीले हतिराय बोकी हिड्ने एकजनालाई सोमबार पक्राउ गरेको छ । अन्दाजी १२ः३० बजेको समयमा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थायी वतन भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा बस्ने वर्ष ३६ को प्रेम तामाङलाई पक्राउ गरेको हो । उनले हतियार बोकी हिडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ रानीकोटमा गई बुझेको थियो । त्यसपछि निज प्रेम तामाङ काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. १ स्थित घरमा रहेको भन्ने अनुसन्धानको क्रममा खुल्न आएकोले निजको स्थायी वतनमा प्रहरी टोली खटिई गई घर खानतलासी गर्दा निजले अबैध रुपमा लुकाई छिपाई राखेको थान १ (एक) पेस्तोल र सो पेस्तोलको म्याग्जिनमा ३ राउण्ड गोली लोड भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनीसँंग ती हतियार कानून बमोजिम बरामद गरी निज प्रेम तामाङलाई सोमबार नै १५ः३० बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।