हनुमन्तेमा चुहिदै गरेको ग्यास चुलो बगायो, विस्फोटको डरले स्थानीय त्रसित, प्रहरी परिचालन


असोज १२, २०८१, शनिबार | विहान ०४:०९ बजे | 30


हनुमन्तेमा चुहिदै गरेको ग्यास चुलो बगायो, विस्फोटको डरले स्थानीय त्रसित, प्रहरी परिचालन

भक्तपुर । अविरल वर्षासँगै बाढीले भक्तपुरमा एउटा ग्यास बुलेट  बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो । 
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् । वरिपरि ग्यासको चर्को गन्ध आइरहेको छ । बुलेटमा भएको ग्यास लिक भइरहेको हो । घटनास्थलमा प्रहरी प्रभाग कोटेश्वरबाट पनि प्रहरी परिचालन गरिएको छ । 

Comments