दुर्गा प्रसाई भक्तपुरबाट पक्राउ
असोज ६, २०८१, आइतबार | विहान १०:३० बजे | 35
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको हो।
प्रसाईंविरुद्ध एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।