व्यासीबाट ठगी गर्ने १० जना महिलाहरु पक्राउ


भदौ २९, २०८१, शनिबार | विहान ०५:३१ बजे | 105


व्यासीबाट ठगी गर्ने १० जना महिलाहरु पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ व्यासीबाट ठगी गर्ने १० जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । कम तौलको सुनको गहना बनाई नक्कली बिल सहित बढी मुल्यमा बन्धकी राखी रकम ठगी गर्ने गिरोहका उनीहरुलाई पक्राउ गरिएको हो । 
ती महिलाहरुलाई विभिन्न ठगीका मालसामन सहित पक्राउ गरिएको हो । निज ठगी गर्ने महिलाहरुको सम्बन्धमा प्रहरी वृत्त सातदोबाटो ललितपुरमा ठगी सम्बन्धी उजुरी परेकोले बरामद सामान सहित थप अनुसन्धानका लागि वृत्त सातदोबाटो ललितपुर पठाइएको जनाइएको छ । 
पक्राउ महिलाहरुः
१. जिल्ला सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने बर्ष ५५ की मनमाया थापा मगर ।
२. जिल्ला उदयपुर आमबासी घर भई जिल्ला ललितपुर इमाडोल बस्ने बर्ष ५४ की चन्द्रकला विश्वकर्मा । 
३. जिल्ला सप्तहरी सप्तकोशी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ अल्पाईन टोल बस्ने बर्ष ४० की राधा विश्वकर्मा । 
बरामद सामानहरुः
१. सुन जस्तो देखिने पहेलो धातुको तिलहरी – ४ थान, २. चुरा – २ थान, 
३. बाला – १ थान, ४. नाकको फुलि र पेच – १५.८० ग्राम,
५. हरियो र पहेलो रंगको पोते – ३०÷३० थान, ६. विभिन्न ज्वेलर्सहरुको बिल – १५ थान, 
७. बन्दकी राख्दा लिने दिने कागज चिट – ३० थान, ८. विभिन्न भिजिटिङ कार्ड – ३० थान, 
१०. नगद रकम रु. ३,४२,५००।– (तिन लाख बयालिस हजार पाँच सय)

Comments