भक्तपुरमा जिउँदो सालक लिएर हिडिरहेका दुई जना प्रक्राउ


मंसिर १०, २०७७, बुधबार | दिउँसो ०२:३२ बजे | 5


भक्तपुर । जिउँदो सालक सहित दुई जना व्यक्तिहरु प्रकाउ गरेका छन् । लोकन्थलीबाट जिल्ला धादिङ शितली गाउपालिका ३, झार्लाङदी घर भई हाल जिल्ला काठमाण्डौ काठमाडौ महानगरपालिका २६ कपुरधारा बस्ने बर्ष २७ को धुर्व बहादुर मगर , ऐ.ऐ. घर भई जिल्ला काठमाण्डौ महानगरपालिका २६ लैनचौर बस्ने बर्ष ३१ को भिम बहादुर मगरलाई नियन्त्रणमा लिएका छन् । युरीया ४६÷५० केजी  लेखिएको सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक लिएर हिडिरहेको अवस्थामा पक्राउ प्रहरीले प्रक्राउ गरेका हुन् ।
[[img2]]
बुधबार अन्दाजी १ बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नंम्बर १ लोकन्थली स्थितमा जिउँदो सालक लिएर हिडि रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरले भक्तपुरबाट प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा प्रहरी टोली खटाएको सुचना अधिकृत दीपक गिरीले जानकारी गराए । महानगरीय प्रहरी परिसर, भक्तपुरमा ल्याइ प्रारम्भिक अनुसन्धान भईरहेको साथै थप अनुसन्धानको लागी जिल्ला बन कार्यालय भक्तपुर पठाईने  गिरीले बताए ।


फाेटाेमा हेर्नुहाेस्...

Comments