सूर्यविनायक जंगलमा महिलाको लाश फेला
भदौ २६, २०८१, बुधबार | दिउँसो ०२:४६ बजे | 15
भक्तपुर । भक्तपुरबाट हराएकी भनिएकी एक महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चास्थित चरखण्डी जंगलको खोल्सामा कोल्टो परी मृत्त अवस्थामा महिलाको शव फेला परेको हो ।
स्थानीयले देखेर प्रहरीलाई खबर गरेको हुँदा तत्कालै घटनास्थलमा प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी बुझ्दा निज महिला हिजो मंगलबार साँंझ ५ बजेको समयमा जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा बस्ने वर्ष ६० की मिठु खत्री पौडेल रहेको प्रहरीले जनाएको छ । हराएको भनी प्रहरी वृत्त ठिमी भक्तपुरमा निवेदन परेको हुँदा मृत्तक महिलाको आफन्तलाई शव मिठु खत्री पौडेल नै भएको भनी सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
लाश पोष्टमार्टमको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको परिसरले जनाएको छ ।