लामुखुटे मार्ने कोइला बाल्दा भक्तपुरमा आगलागी


भदौ २१, २०८१, शुक्रबार | विहान ०४:०३ बजे | 70


लामुखुटे मार्ने कोइला बाल्दा भक्तपुरमा आगलागी

चाँंगुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ नारायणटार शुक्रबार आगलागी भएको छ । नारायणटारस्थित लामखुट्टे मार्नको लागि कोइला बालेकोमा उक्त कोइलाबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ । 
खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली, दमकल र स्थानीयबासीहरुको  सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीबाट १ वटा जर्सी गाई अन्दाजी मूल्य रु. ५० हजार, १ वटा बाख्रा अन्दाजी मूल्य रु. १० हजार गरी जम्मा रु. ६० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Comments