गाडीमा भेटिएन तीनैजना, पानीको बेगले बगाएर लगेको अनुमान


2024-08-25 06:50:02

News Image

काठमाडौं । पानीको बेगका कारण सुनकोसी नदीमा खसेका तीनजना बगाएर लगिएको अनुमान गरिएको छ । पानीको वेगका कारण मानिसलाई बगाएर लगेको आशंका गरिएको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटका डिएसपी बलराम प्रसाईंले बताउनुभयो ।
नदीमा खसेको हाइलक्स गाडी यसअघि नै निकालिसकिएको छ । गाडीको झ्यालका शिशाहरु फुटेको जनाइएको छ । 
गाडीमा कोही पनि भेटिएन । राति गाडी निकालेर उद्धार टोली फर्किएको थियो । गाडी विहान २ बजे नै फेला पारिएको थियो । गाडी फेला पारे पनि मानिस फेला नपरे पछि उद्धार कार्य जारी रहेको जनाइएको छ । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *