घाइते एकजना डिष्चार्ज, पानी धमिलो भएकाले खोजी कार्यमा समस्या


भदौ ९, २०८१, आइतबार | विहान ०६:१४ बजे | 65


घाइते एकजना डिष्चार्ज, पानी धमिलो भएकाले खोजी कार्यमा समस्या

काठमाडौं । सुनकोसीमा निजी कार खस्दा हामफालेर बचेर घाइते भएका एकजना अस्पताल व्यक्ति डिष्चार्ज भएका छन् । चार जना सवार रहेको कारबाट हाम्फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती डिष्चार्ज भएका हुन् । उनी सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार पश्चात् डिस्चार्ज भैसकेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक एल्जिना राइले बताइन् । घाइते अबस्थामा भेटिएका कक्षपतीले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । 
सुनकोसी नदीमा वेपत्ता हुनेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगतीका अविन बके, सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा छन् । दुर्घटनास्थलको सुनकोसी नदीमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले बिहानैदेखि खोजी गरिरहेको भए पनि हालसम्म बेपत्ताहरु नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उनका अनुसार नदी धमिलो भएकाले खोजी तथा उद्दारमा समस्या भएको हो । गोताखोर टोलीले नदीमा खसेको गाडी भेटेर नदी किनारमा निकालेको छ भने गाडीमा सवार यात्रुको निरन्तर खोजी भैरहेको छ ।
सुनकोसीमा गाडी खसेर बेपत्ता भएकाहरु अझै फेला परेका छैनन् । मध्य पहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । गोलन्जोर गाउपालिका १ कुडुलेबाट सुनकोसी नदीमा एक निजी जीप हाइलेक्स खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानैदेखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ –०२३ च ६३६६ नम्बरको  इसुजु  हाइलेक्स गाडी मध्येपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा शनिबार साझ खस्दा तीन यात्रु बेपत्ता भएका थिए । 


फाेटाेमा हेर्नुहाेस्...

घाइते एकजना डिष्चार्ज, पानी धमिलो भएकाले खोजी कार्यमा समस्या

Comments