भक्तपुरमा दुर्घटना ः च्याम्हासिंहका ६५ वर्षीय कोजूको मृत्यु
भदौ ७, २०८१, शुक्रबार | विहान ०९:१२ बजे | 30
भक्तपुर । भक्तपुरको तुमुचो दुगुरेमा शुक्रवार दिउँसो करिब १ बजेको समयमा दुर्घटना भएको छ । भक्तपुर नगरपालिका वडा नं ९ तुमचो दुगुरे सडकखण्डमा दुर्घटना भएको हो । भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ४९३१ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनाबाट साइकल यात्रीको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं ८ च्यामासिंहका ६५ वर्षीय आशानाराँ कोजूको ज्यान गएको हो ।