पलासेंमा आगलागी परी जलेका सार्कीको निधन


असार १६, २०८०, शनिबार | विहान ०५:१० बजे | 20


पलासेंमा आगलागी परी जलेका सार्कीको निधन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासेमा आगलागी भएको छ । स्थानीय बर्ष ३३ को रामकुमार सार्की आफ्नै घरमा चिया पकाउने क्रममा ग्याँस लिग भई असार १ गते आगलागी भएको थियो । 
आगलागीमा परेर सार्की जलेर गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि स्थानीय मेडिकल लगेकोमा थप उपचारको लागि राति ११ बजे कीर्तिपुर बर्न अस्पताल काठमाडौंमा लगी उपचार भईरहेकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ०९ः३० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको भनी कीर्तिपुर बर्न अस्पताल काठमाडौंबाट जानकारी प्राप्त भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

Comments