टोखा पलखुसी ( सत्य साई बाबा चोक) रङ्ग पसलमा आगोलागी


असार ८, २०८०, शुक्रबार | साँझ ०४:५९ बजे | 5


टोखा पलखुसी ( सत्य साई बाबा चोक) रङ्ग पसलमा आगोलागी

नविना श्रेष्ठ टोखा नगरपालिका वडा नं २स्थित पलखुसी( सत्य साई बाबा चोकमा एक रङ्ग पसलमा साँझ आगलागीको छ। आगलागीको समयमा स्थानीय युवाहरु एक एक गर्दै बेला भएर आगो नियन्त्रण गरेको थियो। समयमा पानी नपाएपछि पसलको सामान सबै हेर्दाहेर्दै खरानी भएको थियो। केही समयपछि नेपाल प्रहरी स्थानीय युवा जनप्रतिनिधिहरु समेत आगलागी भएको स्थानमा आईपुगेको थियो। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर मुरली तामाङ समेत पुग्नु भएको थियो। आगो नियन्त्रणमा लिन ३ वटा फाएर एक्टिगाइजर,पानी र महिलाहरुले माटो छरेर आगो निभाएको हो। पसलमा कति क्षति भएको भने खुलेको छैन।

फाेटाेमा हेर्नुहाेस्...

टोखा पलखुसी ( सत्य साई बाबा चोक) रङ्ग पसलमा आगोलागी

Comments