बनेपामा बस्ने मानिसहरुको डेराकोठामा खैरो हिरोईनसहितका लागू औषध फेला
असार २, २०८०, शनिबार | विहान ०२:०७ बजे | 25
काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाका डीएसपी रेशम बोहराको नेतृत्वमा र लागू औषाध नियन्त्रण ब्युरो समेतको टोलिले रातिको समयमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं –८ स्थित रामप्रसाद ढकालको घरमा डेरा गरी बस्ने मानिसहरुको डेराकोठामा खानतलासी गर्ने क्रममा कोठा तथा मानिसहरुको साथबाट खैरो हिरोईन सहितका लागू औषध फेला पारी वरामद गरेको डीएसपी रेशम बोहराले बताउनुभएको छ ।
१) जिल्ला भोजपुर, टेम्केमैयुङ गा.पा.वडा नं.०९ ठेगानाका बर्ष ३० को पुरुष व्यक्ति १ र २) जिल्ला काभ्रेपलाञ्चोक तेमाल बस्ने बर्ष १९ कि महिला १ पक्राउ परे । बरामद सामानहरू
१) लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६५ ग्राम,
२) डिजिटल तराजु थान १,
३) नगद नेपाली रु ३,१९,०००÷– (तिन लाख उन्नाईस हजार रुपैयाँ मात्र),
४) मोबाइलःआईफोन ज्ञज्ञ थान १ र एइऋइ थान १