अवैध काठसहित टिफर र चार जना सल्लाघारीबाट पक्राउ


जेठ २६, २०८०, शुक्रबार | विहान १०:५५ बजे | 35


अवैध काठसहित टिफर र चार जना सल्लाघारीबाट पक्राउ

सानोठिमी । प्रहरीले अबैध रुपमा काठ लिई हिडिरहेको एउटा मिनी टिफर शुक्रबार नियन्त्रणमा लिएको छ । साथमा चारजना मानिसहरु पनि पक्राउ परेका छन् ।
जिल्लाको चागुँनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा भक्तपुर सल्लाघारी पुरानोबाटो सडक खण्डमा सल्लाघारीबाट पुरानो ठिमीतर्फ आउदै गरेको दुर्गाप्रसाद भट्ठराइले चलाएको बा ५ ख ५०४६ नम्बरको मिनी टिफर पक्राउ गरेको जनाएको हो । चेकजाँच गर्ने क्रममा त्रिपालले ढाला छोपी ल्याएको अबस्थामा साललगायतका अन्य काठका गोलीयाहरु फेला परेकोमा उक्त काठको कुनै कागजातहरु नभएको र बन कार्यालयको टाँचासमेत नभएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । साथै सोही गाडीमा सवार सिन्धुपाल्चोक ईन्द्रवती गाउँंपालिका वडा न. ७ बस्ने गाडी चालक बर्ष २५ को दुर्गाप्रसाद भट्ठराई, सोही गाडीमा सवार बर्ष ३५ को ज्ञानेन्द्रमल्य ठकुरी, बर्ष ४० को राजु पौडेल र बर्ष ४४ को रामकुमार दनुवार पक्राउ गरेको एसपी केसीले जनाए । बरामद गाडी र मानिस डभिजन कार्यालयमा दाखिला गरेको जनाइएको छ ।

Comments