११ वर्षीया बालिकामाथि आफनै कोठामा लगेर पटकपटक बलात्कार


जेठ २६, २०८०, शुक्रबार | विहान ०९:५८ बजे | 30


११ वर्षीया बालिकामाथि आफनै कोठामा लगेर पटकपटक बलात्कार

भक्तपुर । ११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ । २०७९ चैत २९ गतेदेखि जेठ १९ गतेसम्ममा पटकपटक बलात्कार गरेको आरोपमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने बर्ष ३१ को सुनिल बिश्वकर्मालाई पक्राउ गरेको हो । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार विश्वकर्मालाई ललितपुर महानगरपालिका लगनखेल बटुकभैरब अगाडिको पार्कबाट नियन्त्रणमा लिएको हो । परिसरबाट खटिएको प्रहरी निरीक्षक बीरबहाुदर बुढाऐरको टोलीले दिउँंसो साढे १२ बजे पक्राउ गरेको उनले जनाए ।  
अन्तिम पटक जेठ १९ गते अन्दाजी साढे ५ बजेको समयमा सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित कसुरदारको कोठामा जवरजस्ती करणी गरी फरार रहेको निवेदनको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ गरी ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । घटनास्थल बृत ठिमीबाट ४ किलोमिटर दक्षिणमा पर्दछ ।

Comments