भक्तपुरको लोकन्थली मनोहरामा आगलागी ः के भयो क्षति ?
जेठ २२, २०८०, सोमबार | दिउँसो ०१:५९ बजे | 15
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका १ लोकन्थली मनहरास्थित कखरा स्कुल नजिक सोमबार आगलागी भएको छ । रामेछाप मन्थली घर भइ हाल ललितपुर टिकाथली बस्ने तीर्थकुमार थापाको जस्ताको छानो र जस्ताले बेरेको दुई तल्ले कच्ची टहरामा संचालनमा रहेको मामा भन्जा ईन्जिनियरिङ कट्रक्सनमा अचानक करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सामसुङ कम्प्युटर थान– १, प्रिन्टर थान–१, ल्यापटप थान– १, टेबुल, कुर्सी ४ सेट, स्टील दराज थान– ४, काठको दराज थान– १, काठको ¥याक थान– १, कुलर थान– १, दुई हजार लिटरको पानी ट्याङकी थान– १, यूपीभीसी स ेट र आल्मुनियम सेट जलेर नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले आगलागीबाट मानवीय तथा पसुचौपाया क्षति नभएको जनाए । उक्त आगो प्रहरी, दमकल र स्थानीयको सहयोगमा साँंझ सवा चार बजे पूर्ण रुपमा नियन्त्रणमा आएको उनले जनाए । उक्त स्थानमा वृत्त ठिमीबाट प्रनाउ रबिन श्रेष्ठको कमाण्डमा टोली खटिएको उनले बताए । उक्त स्थान वृत्त ठिमीबाट अन्दाजी ३ कि.मी दक्षिणमा पर्दछ ।