ताथली सौडोलमा चोरी (चोरीको विवरणसहित)
जेठ १०, २०८०, बुधबार | विहान ०९:०० बजे | 0
भक्तपुर । भक्तपुरको ताथली सौडोलमा बुधबार विहान साढे ६ बजेको समयमा चोरी भएको छ । जिल्लाको चागुनारायण नगरपालीका ९ ताथली सौडोल बस्ने बर्ष ४३ को ओमकृष्ण थुयाजुको साढे तिन तल्ले पक्की घरको पहिलो तल्लामा घर भित्र पट्टीबाट लगाएको गजबार खोली चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले जनाए अनुसार मंगलबार राति आठ बजे पसल बन्द गरेकोमा बिहान विहान पाँंच बजे पसल खोल्दा चोरी भएको थाहा भएको हो ।
चोरी भएका सामानहरु
१) ग्यास चुलो १ थान रु ३५,०००।–
२) नगद रु ९०००।–
३) ल्त्ऋ र ल्ऋी को रिचार्ज कार्ड रु ५०००।–
४) क्याप्टेन र पाईलट चुरोट रु १०.०००।–
५) खानेतेल १०काटुन रु १४०००।–
६) बोत्तलको तोरीको तेल रु ८०००।–
७) कफी ७ बोत्तल रु १२,०००।–
८) नेपाल आइस वियर ३ वटा रु ७५०।–
९) लुगा धुने साबुन रु ५०००।–
१०) मिक्स दाल १० के जि रु २०००।–
११) रेडबुल ६ केस रु ३,६००।–
१२) मन्जन रु २५००।–
१३) टप बिस्कुट ६ पिस रु ३००।–
१४) चिनी ३ के जि रु ३००।–
१५) हर्लिस ९ पिस रु ३६०० ।–
१६) कतारको पैसा रु ५० को १ थान (नेपाली मा रु १५००)
१७)भित्ते घडी १ थान रु १०००।– जम्मा रु ८२,०५०।