ठिमीमा इनारमा खसेकी महिलाको जिवितै उद्धार गर्न सफल


जेठ ६, २०८०, शनिबार | दिउँसो ०२:०१ बजे | 0


ठिमीमा इनारमा खसेकी महिलाको जिवितै उद्धार गर्न सफल

भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.–६ पुरानो ठिमी सुप्रिम स्कुल नजिक मिलन प्रजापतीको घर कम्पाउण्डमा बनेको ईनारमा एकजना महिला खसेकी छन् । दोलखा गौरीशंकर गा.पा.–३ घर भई हाल ठिमीकै दुईपोखरी बस्ने बर्ष ३२ की गीतादेबी बस्नेत खसको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरले जनाए अनुसार उक्त महिला सोही घरमा माटोको गमला बनाउने  काम गर्ने गर्थिन् । दुर्घटना पछि उनलाई नाईलनको डोरीको सहायताले ईनारबाट सकुसल उद्धार गरिएको परिसरका एसपी प्रजित केसीले जनाए । उनलाई उपचारको लागी मध्येपुर अस्पताल पठाइएको छ । हाल उनी हल्का बोल्न सक्ने, दाहीने हातको कान्छी औंला छिनेको, दुबै गालामा धस्रेको, निधारमा काटेको चोट लागेको अवस्थामा रहेको जनाइएको छ । उनको उपचारमा निजको श्रीमान टिका ब.बस्नेत र घर धनी सम्लग्न रहेको जनाइएको छ । घटना साँंझ पाँंच बजेको समयमा भएको थियो । जानकारी प्राप्त हुनासाथ परिसरबाट प्र.ना.उ.रबिन श्रेष्ठ समेत १५ जनाको प्रहरी टोली खटिई गई निज महिलालाई उद्धार गरिएको थियो । घटनास्थल वृत्त ठिमिबाट २. कि.मि पुर्ब उत्तरमा पर्दछ ।


Comments