चुनदेवीको आगलागीबाट दुई करोड वढीको क्षति


जेठ १, २०८०, सोमबार | विहान ०९:४२ बजे | 0


चुनदेवीको आगलागीबाट दुई करोड वढीको क्षति

भक्तपुर । भक्तपुरको चुनदेवीमा आइतबार राति भएको आगलागीबाट दुई करोड भन्दा वढी धनमाल नष्ट भएको छ । आगलागीबाट दुई करोड २९ हजार बराबरको धनमाल नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 
आगलागीबाट टहरामा रहेको काठ चिर्ने मेसिनहरु, फर्निचरका कच्चा पदार्थहरु, बिभिन्न केमिकलहरु, प्लाईउडहरु, काठहरु, जेनेरेटर १ थान, कपडा सिलाउने मेसिनहरु ४ थान, कम्प्रेसर मेसिन ३ थान, तयारी फर्निचरका सामानहरु, ग्यास चुलो र सिलिण्डर १ थान,  क्यामेरा ३ थान, पानी ट्याङ्की, हुन्डाई सान्टो कार १ थानसमेत गरी अन्दाजी दुई करोड बराबरको क्षति भएको जनाएको हो । साथै घरमा भएको क्षतिको बिबरणमा घरको पहिलो र दोस्रो तलामा रहेको प्लाष्टर, झ्यालढोकाहरु ,फल्स सिलिङ, डाइनिङ टेबल, सोफा, पलङ ७ थानसमेत गरी १० लाख साथै टि.भी, सोकेस, फल्स सिलिङसमेत गरी अन्दाजी ं१२ लाख, घरको तेस्रो तलामा रहेको फल्स सिलिङ, झ्यालढोका, काठको दराजहरु, दराजभित्र रहेको नगद रु तीन लाख, उक्त कोठामा रहेको सामानको ३० हजार र अन्य सामानको अन्दाजी  एक लाख समेत गरी कुल दुई करोड २९ लाख बराबरको क्षति भएको जनाइएको छ ।
आइतबार राति सात बजेर आठ मिनेटबाट त्यहाँं आगलागी सुरु भएको थियो । 
जिल्लाको सूर्यबिनायक नगरपालिका ५ चुनदेबी वस्ने वर्ष ३७ को बिजेन चौगुठीले १ तले जस्ताको २ वटा टहरा बनाई संचालन गरेको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा अचानक आगोलागी भएको थियो । 
आगो सल्किएर सोही स्थानमा रहेको निजको ३.५ तले घर र सोही स्थानमा बस्ने पुष्प सिल्पकारको जस्ताको टहरामा संचालनमा रहेको कृपालु फर्निचर कारखानासमेतमा आगोलागी हुदा मानवीय तथा चौपाया क्षति भने हुन पाएन । 
आगो भक्तपुर ३, काठमाडौ १ र ललितपुरको १ गरी जम्मा  ५ वटा दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएको थियो । आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल  र स्थानीयको सहयोगमा साढे दस बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त स्थानमा वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ कमाडमा ६० जनाको टोली खटिगएको थियो । घटनास्थल वृत्त जगातीबाट २ कि.मि. पश्चिम पर्दछ । 

Comments