सिपाडोलमा र नलिन्चोकमा आगलागी ः निभाउन प्रहरी र सेना खटिए


बैशाख २८, २०८०, बिहीबार | दिउँसो ०३:२३ बजे | 30


सिपाडोलमा र नलिन्चोकमा आगलागी ः निभाउन प्रहरी र सेना खटिए

भक्तपुर । भक्तपुरको सिपाडोलमा आगलागी भएको छ । आगलागीलाई नियन्त्रणमा लिन प्रहरी र नेपाली सेना खटिएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
जनाइए अनुसार जंगलमा दिउँंसै आगलागी भएको थियो । आगोलाई दिउँंसै नियन्त्रणमा पनि लिइसकेको थियो । तर राति फेरि आगलागी भएको प्रहरीले जनाएको छ ।
जनाइए अनुसार नगरकोटको फोहोर थुपारिएको ठाउँंमा आगलागी भएको थियो । सिपाडोलसँंगै नलिन्चोकमा पनि आगोलागी भएको छ । तर त्यसको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरी अधिकृतहरुले बताएका छन् । 

Comments