गोल्मढीका पुरुषद्धारा टहरामा झुण्डिएर आत्महत्या


बैशाख २६, २०८०, मङ्गलबार | दिउँसो ०१:०० बजे | 0


गोल्मढीका पुरुषद्धारा टहरामा झुण्डिएर आत्महत्या

भक्तपुर । भक्तपुर नगरपालिका १० कमलबिनायक पाईप लाईनको आफनै टहरामा झुण्डिएर मंगलबार एकजना पुरुषले आत्महत्या गरेका छन् । भक्तपुर नगरपालिका ७ गोल्मढी घर भई हाल पाईप लाईनमा १ तले जस्ताको टहरा बनाई बसेको बर्ष अन्दाजी ४१ को श्रीराम सिकर्मीले आफ्नै टहराको छानोको बासको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि बृत्त जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटी गएको भक्तपुर प्रहरी परिसरले जनाएकोा छ । घटनास्थल बृत्त जगातिबाट २ कि.मि उत्तरमा पर्दछ ।

Comments