प्रहरीले पीडितको उजुरी दर्ता गर्न नमानेपछि.............
बैशाख २५, २०८०, सोमबार | विहान ०८:१९ बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ का नेपाली कांग्रेसका वडा सभापति कृष्णभक्त श्रेष्ठ र उनका छोराहरुमाथि कुटपिट भएको छ । कुटपिटको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुरले विरोध एवं भत्सर्ना गरेको छ ।
पार्टी क्षेत्र नं २ का सभापति भेषबहादुर थापाले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी बैशाख २२ गते विहान नौ बजेको समयमा उनीहरुमाथि कुटपिट भएको जनाएको छ । घरमै रहेको अवस्थामा श्रेष्ठ परिवारलाई दर्जनौ अपरिचित व्यक्तिहरुले कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय राजन पौडेल र निजकी श्रीमती करुणालगायतले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । मार्नेसम्मको मनसायले कुटपिट गरेको देखिएको तर पछि स्थानीयले बचाएको जनाइएको छ । घटनाबाट पीडितहरुको अंगभंग भएको जनाएको छ । घटना सम्वन्धमा महानगरीय प्रहरी प्रभाग मध्यपुर थिमिमा निवेदन दिंदा निवेदनसमेत नलिएको भन्दै विरोध गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...