२८ गते विवाह तोकिएकी गुण्डुकी युवतीद्धारा आत्महत्या ः सुसाइट नोट पनि भेटियो


बैशाख २१, २०८०, बिहीबार | विहान ०९:१२ बजे | 0


२८ गते विवाह तोकिएकी गुण्डुकी युवतीद्धारा आत्महत्या ः सुसाइट नोट पनि भेटियो

भक्तपुर । वैशाख २८ गते विवाहको मिति तोकिएकी भक्तपुरकी एक युवतीले विहीबार झुण्डिएर आत्महत्या गरेकी छिन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुुकी बर्ष २४ कि सुस्मिता खड्काले आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरले जनाए अनुसार सुस्मिताको बैशाख २८ गते विवाह हुँंदै थियो । काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  बर्षं २८ को मनोज अधिकारीसँंग सुस्मिताको विवाह तय भइसकको थियो । 
सुस्मिताले आफ्नै आफनै घरको फलामको भयाङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । मनोज अधिकारीसंग बिबाह गर्ने मिति तय भएको तर टिकाटालो गर्नं बांकी रहेको बुझिएको एसपी केसीले बताए ।
आफै झुन्डीएकोले पिर नगर्नु भन्ने सुसाइट नोटसमेत फेला परेको जनाइएको छ । घटनास्थल लाशजांच गरिएको छ । जाहेरीलगायतको काम पूरा गरी लाशलाई पोष्ट मार्टमको लागि पठाएको जनाइएको छ । 

Comments