झौखेलमा प्लास्टिकको झोलाभित्र मृत अवस्थामा नवजात शिशु फेला


बैशाख १२, २०८०, मङ्गलबार | विहान ११:०६ बजे | 5


झौखेलमा प्लास्टिकको झोलाभित्र मृत अवस्थामा नवजात शिशु फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका २ झौखेल पिपलबोट नजिकै गहुबारीमा मंगलबार सेतो प्लास्टिकको झोलाभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ । प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्रहरी वरिष्ठ सहायक निरीक्षक रामचन्द्र पोखरेलको टोली खटी गई घटनास्थल सुरक्षित राखेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले घटनास्थल मुचुल्काको लागि परिसर भक्तपुरबाट प्रहरी सहायक निरीक्षक विदुर कटुवालको टोली खटी गएको जानकारी गराए । घटनास्थल परिसर भक्तपुरबाट दुई किलामिटर उत्तरमा पर्दछ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ । 

Comments