निकोसेरामा सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएर मृत्यु


बैशाख ११, २०८०, सोमबार | विहान ०५:४० बजे | 0


निकोसेरामा सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएर मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरास्थित रुपा राउतको २.५ तले घरको भुंई तलामा डेरा गरी एकजना एकजना पुरुष झुण्डेर मृत्यु भएको अवस्थामा फेला परेको छ । सिन्धुपाचोक सुनकोशी गाउँंपालिका.–१ घर भई हाल निकोशेरा बस्ने बर्ष ३० को बिषन खनाल मृत अवस्थामा भेटिएका हुन् । बिहान अबेरसम्म नउठेको र झ्याल ढोकासमेत बन्द अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ वृत्त ठिमीबाट प्र.ब.ना.नि. प्रदिप गौतमको टोली खटिई गई स्थानीय जन प्रतिनिधीसमेतको रोहबरमा ढोका फुटाई हेर्दा निज खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डी मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखी मुचुल्का तथा थप अनुसन्धाको लागी प्रहरी निरीक्षक.संजिब ओलीको टोली खटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उक्त स्थान बृत्त ठिमीबाट करिव.१.५ कि.मि.पूर्बमा पर्दछ ।

Comments