विस्कामा आधा दर्जन मानिस घाइते, एकको अवस्था गम्भीर
बैशाख ६, २०८०, बुधबार | विहान ०४:३० बजे | 0
भक्तपुर । विस्का जात्राको अन्तिम दिन मंगलबार राति भैरबनाथको रथ तान्ने क्रममा झण्डै दर्जन मानिस घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । राति १२ बजेसम्ममा चार जना मानिस घाइते भएको र उनीहरुको उपचार भक्तपुर अस्पतालमा भएको चर्चित उद्धारकर्ता अरुण सैजूले जनाए । उनका अनुसार एकजना गम्भीर छन् । उनलाई रथले किचेको थियो ।
विस्का जात्रा हिजोबाट सम्पन्न भएको छ । विस्काको रथ अहिले गहिटीमा छ ।
तस्वीर ः फेसबुकबाट