ताथलीको एउटा उद्योगमा दुर्घटना भइ एकजना मजदुरको दुवै खुटा काटियो


बैशाख ५, २०८०, मङ्गलबार | दिउँसो १२:४३ बजे | 0


ताथलीको एउटा उद्योगमा दुर्घटना भइ  एकजना मजदुरको दुवै खुटा काटियो

भक्तपुर । भक्तपुरको एउटा इटा उद्योगमा इटा बनाउनका लागि माटो मुछ्ने क्रममा मंगलबार खुट्टा मिक्सचर मेसिनमा पर्न गई एकजनाले मजदुरको दुवै खुटा गुमेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स ईट्टा उधोगमा यसरी दुर्घटना हुँंदा रोल्पा नगरपालिका ६ घर भएको बर्ष २२ को विशाल परियारको दुबै खुट्टा गुमेको हो । मिक्सचर मेसिनमा परी दुवै खुटा घुडामुनि काटिएको (पेलिएको) प्रहरीले जनाएको छ । घटनापछि घाइतेको उपचारको लागी बि एण्ड वि अस्पताल ललितपुर लगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले घाइते बोल्न सक्ने अबस्थामा रहेको जनाए । तर दुवै घुडामुनिको खुटा काटिएको (पेलिएको) उनले जनाए । घाइतेको उपचारमा साहु र आफन्त सलग्न रहेको जनाइएको छ । घटनास्थल प्रभाग सुडालबाट प्रहरी वरिष्ठ नायब निरीक्षक  सुरेश के.सी. को टोली खटिएको जनाएको छ । घटनास्थल  बृत जगाती बाट ५ कि.मि.उत्तर पूर्बमा पर्दछ ।

Comments