वचत फिर्ता नदिएको भन्दै भक्तपुरको एउटा सहकारीका प्रबन्ध निर्देशकलाई जुताको माला
बैशाख ५, २०८०, मङ्गलबार | विहान ०९:३१ बजे | 0
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ३ गठ्ठाघरस्थित एउटा सहकारीका प्रबन्ध निर्दशकलाई जुताको माला लगाउनेहरु पक्राउ परेका छन् । स्थानीय रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको कृषि बिकास तथा ऋण सहकारी संस्थाले (बिगत १२ बर्षदेखि संचालनमा रहेको ) वचत फिर्ता नदिएको भन्दै संस्थाका प्रबन्ध निर्देशकलाई मंगलबार जुताको माला लगाउने पाँंचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीका अनुसार काठमाडौं महानगरपालिका ७ बस्ने बर्ष ४३ को संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालो मोसोसमेत दली जुत्ताको माला लगाउने उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.७ धुन्चेपाखा बस्ने बर्ष ४४ को मुरारी नेपाल, ओखलढुंङगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने बर्ष ३६ कि प्रेमकुमारी तामाङ, झापा कोहोरा गा.पा.०२ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०९ बोडे बस्ने बर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगा लिखु गा.पा.वडा नं.०४ घर भई हाल कौशलटार बस्ने बर्ष ३४ की पबित्रा तामाङ रहेका छन् ।
्र