कसरी खसे तीन तल्लाबाट रवि लामिछानेका चालक ?


बैशाख ४, २०८०, सोमबार | विहान ०४:३७ बजे | 5


कसरी खसे तीन तल्लाबाट रवि लामिछानेका चालक ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका–११ स्थित लामिछानेको घरको छतबाट खसेर उनी घाइते भएका हुन्।  चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

थापाको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। उनको अवस्था गम्भिर रहेको छ। अहिले टाउकाको अप्रेसनका लागि अप्रेसन कक्षमा लगिएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comments