लिवालीका रुपेश ब्रम्हायणीमा मृत्यु ः बाइक एक सय मिटरमा भेटियो
बैशाख २, २०८०, शनिबार | साँझ ०४:०६ बजे | 0
भक्तपुर नगरपालिका ९ ब्रम्हायणी घाटमा शनिबार रुखमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको छ । दोलखा भुसाफेदा गा.पा. ५ घर भई हाल भक्तपुर नगरपालिका ८ लिवाली बस्ने बर्ष ३२ को रुपेश गदाल खरीको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा बृत जगातीबाट प्र.नि. सुन्दर चौलागाईको टोली खटि गई मुचुल्का कार्य भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । निजले चलाउने बा ६९ प २११५ नं को २२० सिसि को पल्सर मो.सा. निज झुण्डी आत्महत्या गरेको स्थानदेखि १०० मिटर दक्षिणमा रहेको परिसरले जनाएको छ ।
घटनास्थल बृत जगातीबाट ३ कि.मि. उत्तर पर्दछ । मृतकको पोष्ट मार्टम के एम सी अस्पताल दुवाकोटमा गरिएको छ ।