भक्तपुरमा आगलागी ः झण्डै पाँंचलाखको क्षति


चैत २२, २०७९, बुधबार | विहान ०६:३४ बजे | 20


भक्तपुरमा आगलागी ः झण्डै पाँंचलाखको क्षति

भक्तपुरको चाँगुनारायण न.पा ७ यतु महादेव टोलमा आगलागी भएको छ । त्यहाँं बस्ने वर्ष २५ को कुमार वि.क.ले सन्चालन गरेको जस्ताले र बासले बनाएको यतु महादेव गाईफर्मको टहरामा अचान आगलागी भएको हो । खबर प्राप्त हुनासाथ प्रहरी वृत जगातीबाट प्र.ना.नि.ज्ञान ब दथेपुथेको टोली  र प्रभाग खरिपाटीबाट प्र.स.नि.डम्बर ब थापाको टोली खटि गएको प्रहरीले जनाएको छ । आगलागीबाट , मानवीय क्षति भने हुन पाएन । आगलागीबाट सामान र वस्तु चौपाय जलेर क्षति भएको जनाइएको छ । आगलागी मंगलबार राति नौ बजे नेपाल प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थल परिसर भक्तपुरबाट अंन्दाजी ५ कि.मि.उत्तर पुर्वमा पर्दछ । आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागीबाट निम्न क्षति पुग्यो 
१) १  वटा गाई जली मृत्यु भएको अं मुल्य रु १,१०,०००
२) १ वटा गाई सामान्य  जली घाईते 
३) बास र जस्तापाता गरी अं मुल्य रु २, २०,०००
४ पानी भर्ने ड्रम ५ वटा अं रु१०,०००
५) सिल्बरको डिप्ची अं ५ वटा अं रु १०,०००
६) सिल्बरको दुध बोक्ने भाडो ५ वटा  अं रु,१०,०००
७) पराल मुल्य रु १,००,०००।
८) गाईबस्तुले खाने भुषा ४० बोरा अं मुल्य रु २८,००० ।
जम्मा रु ४,८८,००० ।

Comments