सालकको खपटासहित दुईजना पक्राउ
चैत २१, २०७९, मङ्गलबार | दिउँसो ०३:१० बजे | 20
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ बर्खेबाट सालकको खपटा लिएर विक्रिवितरणको लागि हिडेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं २ मा बस्ने बर्ष २२ को आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका वडा नं २ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं २ मा बस्ने बर्ष २६ को अमृत गजमेर रहेका छन् । उनीहरुलाई बाग्मती प्रदेश ०२९०२० प ८४९७ नम्बरको २५० सिसिको मोटरसाईकलमा अन्दाजी ९९८ ग्राम बराबरको सालकको खपटा कालो रंगको झोलामा राखि हिडिरहेको अवस्थामा बर्खेमा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई प्रहरी परिसर भक्तपुरमा ल्याई राखिएको जनाइएको छ। थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भक्तपुरमा पठाउने जनाइएको छ