ख्वप कलेजका बस चालकमाथि कुटपिट गर्ने पक्राउ
चैत २१, २०७९, मङ्गलबार | विहान १०:१३ बजे | 15
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । भक्रपुर प्रहरी बृत जगातीबाट खटिएको टोलीले कुटपिट गर्नलाई दिउँंसो ३ बजे पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । बृत जगातीका प्रहरी हवल्डार सुदन खतिवडाको टोलीले कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाडा बस्ने बर्ष ३८ को वाला तामाङलाई कारसहित नियन्त्रणमा लिएको एसपी केसीले जनाए । हाल उनलाई बृत जगातीमा राखिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेजको विद्यार्थी बोक्ने बसको चालकमाथि यसअघि विहान साढे दस बजे कुटपिट भएको थियो । काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने बर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४÷५ जना पुरुष ब्यक्तिहरुले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
उक्त कार र सबार ब्यक्तिहरु कुटपिटपछि गुण्डुतर्फ फरार भएका थिए । कुटपिटबाट निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ ।