ख्वप कलेजको चालकमाथि कुटपिट, चालकको घाटीमा भित्री चोट


चैत २१, २०७९, मङ्गलबार | विहान ०९:१६ बजे | 20


ख्वप कलेजको चालकमाथि कुटपिट, चालकको घाटीमा भित्री चोट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी  बोक्ने बसको चालकमाथि मंगलबार कुटपिट भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने बर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४÷५ जना पुरुष ब्यक्तिहरुले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 
उक्त कार र सबार ब्यक्तिहरु कुटपिटपछि गुण्डुतर्फ फरार भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । फरार उनीहरुको खोजी कार्य जारी रहेको एसपी केसीले जनाए । 
निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ । बस चालक बृत जगातीमा आई निबेदन दिएको प्रहरीले जनाएको छ ।

Comments