भक्तपुरको दधिकोटमा दुबईबाट फर्केका पुरुषद्धारा आत्महत्या
चैत २०, २०७९, सोमबार | विहान ०५:४१ बजे | 0
भक्तपुर । दुबईबाट ३÷४ दिन अघि नेपाल आई श्रीमती भक्तपुरको एउटा गेष्ट हाउसमा श्रीमतीसहित बसिरहेको एकजना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा न.४ दधिकोट सिकारीटारस्थित दिनेश खड्काको अतिथि गेष्ट हाउसमा श्रीमती बर्ष २४ का सुमित्रा के सीसहित बस्दै आएको ताप्लेजुङ घर भएको बर्ष २८ को बसन्त पौडेलले आत्महत्या गरेका हुन् । उनले सोही गेष्ट हाउसको दोस्रो तलाको बाहिरपट्टि रहेको स्टिलको बारमा मोटरसाइकलमा सामान बांध्ने कालो रबरको डोरी घाँटीमा पासो लगाई झुण्डी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरी प्रभाग दधिकोटबाट प्रहरी नायब निरीषक श्याममणि गुरागाईको टोली खटिगई घटनास्थल सुरक्षित राखिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप अनुसन्धान तथा घटनास्थल मुचुल्काको लागी वृत ठिमीबाट प्र.नि.संजिब ओलीको टोली खटिएको परिसरका एसपी प्रजित केसीले जनाए । उक्त स्थान बृत्त ठिमीबाट ४ कि.मि. दक्षिण पूर्बमा पर्दछ । लाश पोष्ट मार्टमका लागी के.एम.सि.अस्पताल दुवाकोट लगेको जनाइएको छ ।