भक्तपुरको पलासेचोकमा दुर्घटना ः एकजनाको मृत्यु
चैत १७, २०७९, शुक्रबार | विहान ०५:३० बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासेचोकमा शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे महत गाँउ बस्ने बर्ष २४ को निश्चल महतको मृत्यु भएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि सूर्यविनायक नगर अस्पताल भक्तपुर लगेकोमा थप उपचारको लागि मध्यपुर अस्पताल रिफर भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकारी बसन्त पाठकले बताए ।