शैक्षिक प्रमाणपत्रहरु चोरी


चैत १६, २०७९, बिहीबार | विहान ०९:१८ बजे | 0


शैक्षिक प्रमाणपत्रहरु चोरी

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली ईन्द्राशन ब्याङकेट नजिक रहेको ईश्वर कार्कीको तीनतल्ले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिरहा मिरचैया नगरपालिका ४ घर हुने हाल स्टार्डर्ड चाटर्ड बैंक बानेश्वरमा कार्यरत बर्ष ३० को राधेश्याम साहको फ्ल्याटको मुल ढोका  फुटाई भित्रको  तीन वटा कोठाको तालासमेत फुटाई  भित्र प्रबेश गरी २ वटा काठको दराजमा रहेको धनमाल चोरी भएको छ । 
१) नगद रु. ४,५०,००० ।–
२) सुनको सिक्री १ थान  १.५ तोलाको अं मु रु १,५०,०००।–
३) विभिन्न शैक्षिक प्रमाण पत्रहरु
४) ल्यापटप फुटाएको तथा लत्ता कपडा ÷ फर्निचरका सामान समेत क्षति पुर्याएको ।
खबर प्राप्त हुनासाथ प्र.ना.नि.तेज बहादुर बस्नेतको टोली खटिई गएको प्रहरीले जनाएको छ । चोरी गर्ने व्यक्ति फरार रहेका छन् । खो.त जारी रहेको जनाइएको छ ।  उक्त स्थान वृत्त ठिमीबाट अ.४ कि.मी.पश्विम पर्दछ ।

Comments