भक्तपुरमा दुर्घटना ः १३ जना घाइते


चैत १६, २०७९, बिहीबार | विहान ०६:१७ बजे | 0


भक्तपुरमा दुर्घटना ः १३ जना घाइते

भक्तपुर 
भक्तपुरको सूर्यविनायक न.पा.९ नलिनचोकमा विहीबार विहानै सवारी दुर्घटना हुँंदा १६ जना घाइते भएका छन् । जगातीबाट सागातर्फ जादै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउदै गरेको अवस्थामा सोही दिशातर्फ जादै गरेको ग २ ख ४३१ नं को टिफरले पछाडिबाट ठक्कर दिदा सडकबाट अन्दाजी ३ मिटर तल खस्न गई सवारी दुर्घटना हुदा फोर्स गाडीमा सवार उनीहरु घाइते भएका हुन् । 
दुर्घटना हुनेहरुमा सर्लाही कपलाछी न.पा.१ बस्न वर्ष ४५ की कान्ती देवी ठाकुर (बोल्न सक्ने, बाहिरी चोट पटक नभएको, शरिरको विभिन्न भागमा भित्री चोट, अवस्था ःसामान्य), वर्ष २९ को प्रविन ठाकुर (बोल्न सक्ने, ढाडमा दछारिएको चोट, अवस्थाःसामान्य), वर्ष ६३ को किसन ठाकुर (बोल्न सक्ने, टाउको र ढाडमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ८० को महेन्द्र ठाकुर (बोल्न सक्ने, निधारमा काटिएको चोट, अवस्था मध्यम), वर्ष ६० की फुल कुमारी ठाकुर (बोल्न सक्ने, ढाडमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ६० की तित्री देवी ठाकुर (बोल्न सक्ने, दाहिने हातमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ३ की ममता ठाकुर (बोल्न सक्ने, छात्तीमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष २६ की विनिता ठाकुर (बोल्न सक्ने, टाउकोमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ३० की कविता ठाकुर (बोल्न सक्ने, बाया खुट्टामा सामान्य चोट, अवस्थाःसामान्य), वर्ष ४२ को विरेन्द्र ठाकुर (बोल्न सक्ने, टाउकोमा भित्री चोट, अवस्थाःसामान्य), वर्ष ३५ की नगिना देवी ठाकुर (बोल्न सक्ने, निधारमा काटिएको चोट, अवस्थाःसामान्य),  ५० को विरेन्द्रश्वर ठाकुर (बोल्न सक्ने, बाया हातमा चोट, अवस्थाःसामान्य), वर्ष २३ को अविनाश ठाकुर (बोल्न सक्ने,दाहिने हातको कान्छी औलामा चोट) घाइते भएको प्रहरीले जनाएको छ । 
उनीहरुको उपचारका लागि भक्तपुर अस्पताल ल्याएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । उक्त स्थानमा वृत जगातीबाट प्र. ब.ना.नि.डिक राज प्रसाईको टोली र प्र.स.नि.कृष्ण प्रसाद शिवाकोटीको टोली  खटि गएको उनले जनाए । दुवै सवारी साधन वृत जगातीको नियन्त्रणमा रहेको जनाइएको छ । बसचालक उदयपुर कटारी न.पा.२ बस्ने बर्ष ३२ को नवराज खड्का वृत जगातीको सम्पर्कमा रहेको जनाइएको छ । टिफर चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल वृत जगातीबाट २ कि.मि.पूर्वमा पर्दछ ।

Comments