मापासे गर्ने झौखेलका युवक पक्राउ
- Post Date 2023-03-27 21:08:09

भक्तपुरको चाँगुनारायण न.पा २ झैखेलमा मा.प.से गरी घरमा झैझगडा गरेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप गोकुलगंगा गाफा ५ घर भई हाल झौखेल बस्ने बीरेन्द्र सैनिक अस्पताल छाउनी दरबन्दी भई कार्यरत बर्ष ३२ को कुचिकार सागर सुनम दर्जीलाई पक्राउ गरिएको हो । निजलाई प्रभाग व्यासीबाट खटिएको प्र.स.नि कमल श्रेष्ठको टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुर ल्याएको थियो । पछि उनलाई मेडिकल गराई सैनिक प्रहरीको जिम्मा लगाई पठाएको प्रहरीले जनाएको छ । उक्त स्थान परिसर भक्तपुरबाट अंन्दाजी २ कि.मी उत्तर पस्चिममा पर्दछ ।
...
All Comments.......
Please Login/Register To Comments