भक्तपुरको चाँंगुनारायण नगरपालिका छालिङका भुजेल पक्राउ


चैत १०, २०७९, शुक्रबार | दिउँसो ०२:१८ बजे | 0


भक्तपुर । प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. १० चोखामख कमलविनायकमा डेराकोठा गरी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ६ छालिङ घर भएका बर्ष २४ को  दिपेन्द्र भुजेललाई पक्राउ गरेको हो । चैत १० गते निज भुजेलले लागू औषध लुकाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई निजलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । निजको कोठामा चेकजाँच गर्दा फेनरागन – ४४ पिस, नोफिन – ४१ पिस र डाईजेपाम – ४५ पिस फेला पारेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए । 

Comments