मोवाईल चोरी गरी विक्रि वितरण गर्नेहरु पक्राउ
चैत १०, २०७९, शुक्रबार | दिउँसो ०१:४७ बजे | 0
उपरोक्त सम्बन्धमा मिति २०७९/११/२४ गते राती ०१:०० बजेको समयमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक स्थित पुस्कल रञ्जितकारले संचालन गरेको (UM Mobile Repair Center) मोवाईल पसलमा चोरी भएको भन्ने प्रहरी वृत्त जगाती भक्तपुरमा निवेदन परेकोमा निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनिको २२ थान मोवाईल चोरी भएकोमा चोरी भएका मोवाईलहरु मध्ये मिति २०७९/१२/०८ गते विभिन्न कम्पनीका ८ थान मोवाईल सहित चोरी कार्यमा संलग्न जिल्ला काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने बर्ष २२ को जिनलाप घिसिङ तथा चोरीको मोवाईल किनबेच गर्ने जिल्ला लमजुङ सुन्दरबजार १ घर भई हाल ऐ. काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने बर्ष ३० को रामशरण अछामी समेतलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भईरहेको व्यहोरा सूचित गरिन्छ ।