भक्तपुरको मोवाइल पसलबाट मोवाइल चोर्ने पक्राउ (भिडियोसहित)


चैत ८, २०७९, बुधबार | विहान ११:५३ बजे | 15


भक्तपुरको मोवाइल पसलबाट मोवाइल चोर्ने पक्राउ (भिडियोसहित)

भक्तपुर । भक्तपुरको कमलविनायकस्थित पुष्कर रञ्जितकारको मोवाइल पसलबाट मोवाइल चोरी गर्नेहरु पक्राउ परेका छन् । फागुन २४ गते राति १ बजे पसलबाट २२ थान मोवाइल चोरी भएको थियो । सीसीटीभीको सहायताले ती चोरहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे महाभारत घर भई हाल काठमाडौं महानगरपालिका १६ माछाँपोखरी वस्न वर्ष २२ को चञ्चल घलान रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं महानगरपालिका १६ बालाजुबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।

उनीसँंग सात वटा मोवाइल (बाँंकी खानतलास गर्न बाँंकी) रहेको उनले जनाए । उक्त चोरले बुढानिलकण्ठस्थित मोवाइल पसलमासमेत चोरी गरेको भन्ने बुझिन आएको एसपी केसीले जनाए ।

पसल धनी भने लमजुङ सुन्दरबजार १ घर भइ हाल काठमाडौं महानगरपालिका १६ बालाजु वस्ने वर्ष ३० को राम अछामी थिए ।




Comments