भक्तपुरको भाटभटेनीमा एकजना सस्सत्र प्रहरीको मृत्यु


चैत ५, २०७९, आइतबार | विहान ०९:५० बजे | 0


भक्तपुरको भाटभटेनीमा एकजना सस्सत्र प्रहरीको मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ स्थित भाटभटेनी सुपरमार्केट राधे राधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टमा गई फर्किने क्रममा शनिबार साँझ काठमाडौ नागार्जुन बस्ने बर्ष ४३ को तिर्थ  ढुगेल (सस्सत्र प्रहरी प्रधान कार्यालय हलचोक बैण्ड गुल्ममा कार्यरत स.प्र.नि) को निधन भएको छ । आफै सडकमा लडी अचेत अबस्थामा स्थानियले देखी उपचारको लागी बा २ ज २४५६ नम्बरको ट्याक्सीद्वारा एक जना महिला र अ.१२÷१५ बर्षको पुरुष ब्यक्ति समेतले लिई गएको मध्यपुर अस्पताल पुयाएको थियो । उपचारको क्रममा त्यहाँं उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसले जनाएको छ । साथै घट्नास्थल वरपरका देख्ने सुन्ने ब्यक्तिहरु र ट्याक्सी चालकसमेतलाई कार्यालयमा झिकाई सोधपुछ भईरहेको जनाइएको छ ।

Comments