भक्तपुर दरवार क्षेत्रको तलेजुभित्र दिउँसै मूर्ति चोरीको प्रयास ः चोरी प्रयास गर्ने विदेशी पक्राउ


फाल्गुन २५, २०७९, बिहीबार | विहान ०८:४२ बजे | 0


भक्तपुर दरवार क्षेत्रको तलेजुभित्र दिउँसै मूर्ति चोरीको प्रयास ः चोरी प्रयास गर्ने विदेशी पक्राउ

भक्तपुर । एकजना विदेशी नागरिकबाट दिउँंसै भक्तपुरको दरवारक्षेत्रभित्रको तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुनधारा परिसरमा करिव पौने १ बजे एकजना इटलियन नागरिकले मूीर्त चोरीको असफल प्रयास गरेको  हो । 
एकजना प्रत्यक्षदर्शीले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुद्धारा धातुको मूर्ति निकाल्न लागेको देखेपछि ती प्रत्यक्षदर्शीले  तलेजुको सुरक्षार्थ खटिएका नेपाली सेनाको जवानहरुलाई खवर गरेका थिए । खवरपछि सेनाका जवानले पक्राउ गर्न खोज्दा ती विदेशी नागरिक भाग्न खोजेका थिए । तर पनि उनलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाइएको थियो । 
प्रत्यक्षदर्शी सुरेश कवांले ती विदेशी नागरिकले आफूसँंग भएको चक्कुद्धारा मूर्ति निकाल्न खोजेको जनाए । त्यो थाहा पाएपछि आफूलले तलेजुको गेटमा रहेका नेपाली सेनाका जवानलाई खवर गरेको उनले जनाए । खवरपछि ती विदेशी नागरिकले मूर्ति भुइँंमा राखेर भाग्न खोजेको जानकारी प्रत्यक्षदर्शी कवांले गराए ।  
प्रहरीले पक्राउ गरेपछि उक्त विदेशी नागरिकको राहदानी नं वाईवी २१४५७०८ को इटालियन नागरिक तिजियानो रोन्ची भएको खुलेको छ । पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख अरुणा नकर्मीले ती विदेशी नागरिक भक्तपुर नगर प्रवेश गर्दा नगर प्रवेशको टिकटसमेत नलिई चोरबाटोबाट प्रवेश गरेको जानकारी प्राप्त भएको जनाइन् । भक्तपुर नगर प्रवेश गर्नका लागि प्रवेश शुल्क लिनुपर्ने व्यवस्था छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने प्रति पर्यटकसँंग १० अमेरिकी डलर प्रवेश शुल्क लिने गरेको छ । नगरपालिकाले नगरको चारैतिरका प्रवेशद्धारहरुमा कर्मचारीहरु खटाई नगर प्रवेश गर्ने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाउँदै आएको छ ।  
पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरवार हेरचाह अडा भक्तपुरकी प्रमुख नकर्मीले सीसीटीभीको क्यामेराको सहायताले हेर्दा सुन्धारा परिसरमा चार जना व्यक्तिहरु ओहोरदोहोर गरिरहेको देखिएको सुनाइन् । पक्राउ परेका ती विदेशी नागरिकलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक कारबाहीलाई प्रहरीलाई बुझाएको नकर्मीले बताइन् । घटनाबारे जिल्ला प्रशाशन कार्यालय भक्तपुर, पुरातत्व विभाग रामशाहपथ काठमाडौं र भक्तपुर नगरपालिका व्यासी भक्तपुरलाई पनि बोधार्थ पठाइएको जनाइन् । 
तस्वीरहरु सौजन्य प्रत्यक्षदर्शीः सुरेश कवां

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर दरवार क्षेत्रको तलेजुभित्र दिउँसै मूर्ति चोरीको प्रयास ः चोरी प्रयास गर्ने विदेशी पक्राउ

Comments